भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

अवाञ्छित गतिविधि रोक्न सेनाद्वारा निरन्तर निगरानीका लागि आम नागरिकलाई आग्रह

अवाञ्छित गतिविधि रोक्न सेनाद्वारा निरन्तर निगरानीका लागि आम नागरिकलाई आग्रह

काठमाडौँ, २५ भाद्र । देशमा शान्ति, सुरक्षा तथा अमनचैन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय निरन्तर खटिएको जनाउँदै सेनाले आम नागरिकलाई सचेत रहन र निरन्तर निगरानी गर्न आग्रह गरेको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार जारी गरेको सूचनामा समाजमा अवाञ्छित गतिविधि हुन नदिन प्रत्येक समुदायले एकजुट भई खबर आदान–प्रदान गर्नुपर्ने उल्लेख छ। सुरक्षाकर्मी पुग्नुअगावै स्थानीय तहमा सजगता अपनाउनुपर्ने निर्देशनालयको भनाइ छ।

हाल देशमा देखिएका सुरक्षा चुनौती, लुटपाट, आगजनी तथा जीउधनमा क्षति पुर्‍याउने मनसायले अराजक गतिविधि गर्ने तत्वलाई देखेमा नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा तत्काल सन्देश पठाउन अनुरोध गरिएको छ।

सूचनामा भनिएको छ, “केही उच्छृङ्खल तत्वले भ्रामक खबर सामाजिक सञ्जालमा राखेर स्थितिलाई अतिरञ्जित बनाउन खोजेका छन्। त्यसैले त्रास सिर्जना गर्ने यस्ता गतिविधि रोक्न आ–आफ्नो क्षेत्रमा सही खबर मात्र सम्प्रेषण गरी सहयोग पुर्‍याउन आग्रह गर्दछौं।”

 


Thali Mobile Pvt.Ltd.