भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

काठमाण्डौ उपत्यकाबाट लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाण्डौ उपत्यकाबाट लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाण्डौ, २५ भाद्र । काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा भएको लुटपाटमा संलग्न २६ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ। हालको अस्थिर परिस्थितिको अनुचित फाइदा उठाउँदै काठमाडौं र भक्तपुरका क्षेत्रमा लुटपाट कार्य भएको भन्दै सेनाले कडा निगरानी बढाएको हो।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाटमा संलग्न पाँच जनालाई गएराति पक्राउ गरिएको छ। त्यस्तै भक्तपुरको राधेराधे भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न भएको आरोपमा थप २१ जनालाई नियन्त्रणमा लिइएको निर्देशनालयले जनाएको छ।

हिजो दिनभरिको प्रदर्शनपछि गएराति केही स्थानमा उच्छृंखल गतिविधि देखिएपछि सेना परिचालन गरिएको हो। सेनाले कतै अराजक वा आपराधिक गतिविधि भएमा तुरुन्तै जानकारी दिन आग्रह गरेको छ।

साथै, सुरक्षाकर्मी पुग्नु अघिसम्म स्थानीय समुदायले एकजुट भई निगरानी राख्न समेत अनुरोध गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.