भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अवतरण गर्न नसकेर सुर्खेत पुग्यो सेनाको स्काई ट्रक

अवतरण गर्न नसकेर सुर्खेत पुग्यो सेनाको स्काई ट्रक

काठमाडौं । मेडिकल टिमसहित रुकुम उडेको नेपाली सेनाको हेलिकप्टर चौरजहारी अवतरण गर्न नसकेर सुर्खेत पुगेको छ ।

चौरजहारी विमानस्थलको मौसम नखुलेका कारण सेनाको स्काइ ट्रक अवतरण गर्न नसकेको नेपालगञ्ज विमानस्थलका निमित्त प्रमुख तेजबहादुर बुढथापाले बताए । सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोलीसहित नेपाली सेनाको स्काई ट्रक चौरजहारी प्रस्थान गरेको थियो ।

नेपालगञ्जबाट समिट एयरको जहाज चौरजहारी पठाउन खोजिए पनि मौसमका कारण सम्भव नभएपछि सो जहाज हुम्लाको सिमिकोट उडेको निमित्त प्रमुख बुढथापाले बताए । चौरजहारी विमानस्थलमा एयर ट्राफिक कन्ट्रोलर (एटिसी) नभएका कारण नेपालगञ्जबाटै पठाउन तयारी अवस्थामा राखिएको छ ।

सेनाको हेलिकप्टर बिहान भूकम्प प्रभावित क्षेत्रमा पुगेर नेपालगञ्ज फर्किएको छ ।

 


Thali Mobile Pvt.Ltd.