भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

भूकम्प अपडेटः ज्यान गुमाउनेको सङ्ख्या १ सय ३२ पुग्यो

भूकम्प अपडेटः ज्यान गुमाउनेको सङ्ख्या १ सय ३२ पुग्यो

काठमाण्डौ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ३२ जना पुगेको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार जाजरकोटमा ९५ जना र रुकुमपश्चिममा ३७ गरी १ सय ३२ जनाले ज्यान गुमाएका हुन् । त्यस्तै भूकम्पमा परेर अहिलेसम्म एक सय ४० जना घाइते भएका छन् । जाजरकोटमा ५५ र रुकुमपश्चिममा ८५ जना घाइते भएका हुन् ।

गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पका कारण सयौँ घर भत्किएका छन् । घाइते तथा बेपत्ता हुनेको उद्धार तथा खोजीको काम भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.