भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

एआईबाट भिडियो बनाएर नेताहरुको चरित्र हत्या

एआईबाट भिडियो बनाएर नेताहरुको चरित्र हत्या

काठमाडौं । आर्टिफिसियल इन्टलिजेन्स (एआई)को प्रयोग गरी भिडियो बनाउँदै नेताहरुको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोका प्रमुख डीआईजी नविन्द अर्यालका अनुसार पक्राउ पर्नेमा बाजुराको खप्तड छडदह गाउँपालिका–५ स्थायी घर भएका २२ वर्षीया रमेशबहादुर रावल छन् । अनुसन्धानबाट संलग्नता खुलेपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौं ल्याइएको अर्यालले बताए । रावलको साथबाट भिडियो बनाउन प्रयोग भएको मोबाइल र ल्यापटप पनि बरामद भएको छ ।

फेसबुकमा एआई भिडियो हालेर आफ्नो चरित्र हत्या गरिएको भन्दै काठमाडौं महानगरपालिकाकी उपमयेर सुनिता डंगोलले चार दिनअघि साइबर ब्यूरोमा अनुसन्धान गर्न भन्दै निवेदन दिएकी थिइन् ।

रावललाई पक्राउ गरेर मोबाइल जाँच गर्दा रावलले अन्य नेताहरुको पनि उस्तै प्रकृतिको भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्ने गरेको भेटिएको अधिकृतहरु बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.