भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी, चार जना पक्राउ

भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी, चार जना पक्राउ

काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर–८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर–१ कि २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर–२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् ।

उनीहरुले आफूहरु भ्रष्टाचार विरोधी अभियन्ता भन्दै ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामको संस्थाका नाममा ठगी गरेको आरोपमा प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेका हो ।

वडाहरुमा समेत संस्थाको शाखा विस्तारको गरेको भन्दै उनीहरुले सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनीहरुमा गएर भ्रष्टाचारको छानबिन गर्न आएको भनेर धम्क्याई रकम असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.