भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

अर्थमन्त्रीले बजेट वक्तव्यमा भएको गल्ती स्वीकारेपछि गण्डकी प्रदेश सभाको अवरोध हट्यो

अर्थमन्त्रीले बजेट वक्तव्यमा भएको गल्ती स्वीकारेपछि गण्डकी प्रदेश सभाको अवरोध हट्यो

काठमाडौं । गण्डकी प्रदेशका अर्थमन्त्री डा टकराज गुरुङले आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेट वक्तव्यमा भएको गल्ती स्वीकारेपछि गण्डकीको प्रदेश सभा बैठकको अवरोध हटेको छ ।अर्थमन्त्री गुरुङले १ असारमा ल्याएको आगामी आर्थिक वर्षको २०८१।८२ को बजेटमा हिसाब नमिलेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार बैठक अवरुद्ध गरेको थियो ।

प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं। १३९ मा त्रुटि पाइएको थियो । ‘मनसायरहित मानवीय त्रुटिका लागि गल्ती स्वीकार गर्दै सो बुँदालाई स्पष्टताका साथ आद्यवधि गरी सोको विवरण माननीय सदस्यले प्राप्त गर्ने गरी उपलब्ध गराएको व्यहोरासमेत अनुरोध गर्दछु’, शुक्रबारको प्रदेश सभा बैठकमा उनले भने ।

बजेट वक्तव्यमा उल्लिखित कार्यक्रम कार्यान्वयन गर्न ४९ करोड ९ लाख रुपैयाँको स्रोत अभाव हुने देखिएको भन्दै बिहीबार नेकपा एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.