भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमेरिकामा बस्ने नेपालीको योजनामा नेपालमा अवैध धन्दा

अमेरिकामा बस्ने नेपालीको योजनामा नेपालमा अवैध धन्दा

काठमाडौं । क्यास एप नामक अनलाइन एप्लिकेसनमार्फत सट्टेबाजीका लागि अवैधरुपमा आर्थिक कारोबारमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त एप प्रयोग गरी अवैध रूपमा आर्थिक कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार विराटनगर घर बताउने हाल अमेरिका बस्ने मनिष कुमार बुढाथोकीको योजनामा यो धन्दा भएको हो । उनले गौरभ भट्टराई, सुजन दाहाल, सिद्धार्थ नेपाली, आशुतोष कोइराला, मिलन मिश्रलाई एपको सर्भरको पहुँच दिई ६ ओटा ईसेवा वालेट, ५ ओटा कनेक्ट आईपीएस अकाउन्ट र सोही खाताहरूमा लिंक भएका १९ वटा विभिन्न बैंकका खाताहरूमार्फत समेतमा अवैध तरिकाले ५ करोड बराबरको आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका गौरभ भट्टराई, सुजन दाहाल, सिद्धार्थ नेपाली, आशुतोष कोइराला र मिलन मिश्रलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूरमा र सोही संहिताको दफा २६२ क १ अभौतिक मुद्रा प्रयोग गर्न नहुने कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर पठाइएको आचार्यले जानकारी दिए ।

 

 


Thali Mobile Pvt.Ltd.