भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

हनी ट्रयापमा संलग्न २ जना पक्राउ

हनी ट्रयापमा संलग्न २ जना पक्राउ

काठमाडौं । हनी ट्रयापमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले सामाजिक सञ्जालमार्फत पुरुषसँग सम्पर्क बढाउने र त्यसपछि बार्गेनिङ गरेर रकम असुल्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको उजुरीका आधारमा सिन्धुपाल्चोकका तेन्जी डोमा छिरिङ भनिने सिर्जना तामाङ र सौरभ तामाङ भन्ने लिला बहादुर तामाङलाई राजधानीको बौद्धबाट पक्राउ गरेको हो ।

प्रहरी अनुसन्धानका क्रममा लिला बहादुर तामाङले पीडितको फेसबुक आइडी सिर्जना तामाङको ह्वाट्स एपमा पठाई साथी बन्न लगाएको र फेसबुक मेसेन्जरबाट सिर्जना तामाङले पीडितसँग कुरा गरी भेट्नलाई आफ्नो कोठामा बोलाएको खुलेको छ ।

सौरभले दिएको मोबाइलबाट सिर्जनाले आफ्नो र पीडितको अश्लील भिडियो बनाई उक्त मोबाइल सौरभलाई फिर्ता गरेको पाइएको छ । त्यसपछि उक्त भिडियो सिर्जना र सौरभले पीडितलाई पठाई सुरुमा पीडितसँग १ करोडको बार्गेनिङ गरेको खुलेको छ । यस्तै पछि १५ लाखमा कुरा मिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.