काठमाडौं । रेस्टुरेन्ट व्यवसायी मनोज बानियाँमाथि खुँडा प्रहार गर्ने समूहका अर्का आरोपित विभाग गुरुङ पक्राउ परेका छन् । धरानका गुरुङलाई उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले मंगलबार चाबहिलबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले यसअघि बानियाँमाथि खुँडा प्रहार गर्ने मुख्य आरोपित धनकुटाका दीपक बान्तवा राईलाई पक्राउ गरेको थियो । त्यसको दुई दिनपछि गुरुङलाई समातिएको हो ।
गुरुङसहित खुँडा प्रहार गर्ने घटनामा संलग्न ६ जना पक्राउ परेका हुन् । चुनिखेलामा बानियाँको निर्माणाधीन रिसोर्टमा असार ७ गते ज्यान मार्ने उद्देश्यले उनीमाथि खुँडा प्रहार गरिएको थियो ।
खुँडा प्रहारबाट बानियाँ घाइते भएका थिए । नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारपछि उनी ‘डिस्चार्ज’ भएका छन् । उनको बायाँ हात र खुट्टा तथा तीघ्रामा गहिरो चोट लागेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्यूठान । सरुमारानी गाउँपालिका २ दर्भानमा नवजात शिशुको शव फेला परेको छ । बिहिवार स्थानीय तकमान कुमालको घर अगाडि रहेको डस्टबिन भित्र सालनाल समेत नकाटिएको अवस्थामा शिशुको शव फेला...
काठमाडौं । ठमेलबाट एक चिनियाँ नागरिकको अपहरणमा संलग्न चार जना भारतीय नागरिकलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चिनियाँ नागरिकलाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा मकवानपुरको...
बाँके । बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । राप्तीसोनारी–७ फत्तेपुर सर्रामा मङ्गलबार साँझ सात बजेतिर नरैनापुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७७४ नम्बरको बस...
काठमाडौं । सात करोड ८७ लाख रुपैयाँ ठगी आरोपमा काठमाडौं महानगरपालिका वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष मोहन बहादुर विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरको टोलीले शंखपार्कबाट...