भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

व्यवसायी बानियाँमाथि खुँडा प्रहार गर्ने ६ जना पक्राउ

व्यवसायी बानियाँमाथि खुँडा प्रहार गर्ने ६ जना पक्राउ

काठमाडौं । रेस्टुरेन्ट व्यवसायी मनोज बानियाँमाथि खुँडा प्रहार गर्ने समूहका अर्का आरोपित विभाग गुरुङ पक्राउ परेका छन् । धरानका गुरुङलाई उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले मंगलबार चाबहिलबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीले यसअघि बानियाँमाथि खुँडा प्रहार गर्ने मुख्य आरोपित धनकुटाका दीपक बान्तवा राईलाई पक्राउ गरेको थियो । त्यसको दुई दिनपछि गुरुङलाई समातिएको हो ।

गुरुङसहित खुँडा प्रहार गर्ने घटनामा संलग्न ६ जना पक्राउ परेका हुन् । चुनिखेलामा बानियाँको निर्माणाधीन रिसोर्टमा असार ७ गते ज्यान मार्ने उद्देश्यले उनीमाथि खुँडा प्रहार गरिएको थियो ।

खुँडा प्रहारबाट बानियाँ घाइते भएका थिए । नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारपछि उनी ‘डिस्चार्ज’ भएका छन् । उनको बायाँ हात र खुट्टा तथा तीघ्रामा गहिरो चोट लागेको थियो ।

 

 

 


Thali Mobile Pvt.Ltd.