भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

अरूको नामबाट परीक्षामा सहभागी हुने पाँचजना पक्राउ

अरूको नामबाट परीक्षामा सहभागी हुने पाँचजना पक्राउ

काठमाडौैंं । अरूको नामबाट निशुल्क छात्रवृत्ति परीक्षामा सहभागी पाँचजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। हेटौंडास्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित परीक्षा केन्द्रमा सानोठिमी भक्तपुरद्धारा सञ्चालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत निशुल्क छात्रवृत्ति परीक्षामा सहभागी चार जना र सिद्धार्थ माध्यमिक विद्यालयबाट परीक्षा दिँदै गरेका एक जना पक्राउ परेका मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

उनका अनुसार भुटनदेवी स्कुलमा रौतहटका असाब आलमको ठाउँमा परीक्षा दिँदै गरेका नरेन्द्र महतो, चितवनको निमेश राय यादवको ठाउँमा परीक्षा दिएका रुपेश यादव, सिराहाका ललन कुमार यादवको ठाउँमा परीक्षा दिने सर्लाहीका राजीव कुमार राउत र सर्लाहीका सुनिल महतोको ठाउँमा परीक्षा दिने रौतहटका लालबाबु सहनीलाई नियन्त्रणमा लिइएको हो।

यस्तै, सिद्धार्थ माध्यमिक विद्यालय परीक्षा केन्द्रमा बाराका राकेश कुमार ठाकुरको नाममा परीक्षा दिइरहेका धनुषाका रमेश यादव पनि समातिएका छन्। परीक्षा दिइरहेका उनीहरु परीक्षा निरीक्षकले चेकजाँच गर्दा नक्कली परीक्षार्थी भएको खुल्न आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ।

 

 

 


Thali Mobile Pvt.Ltd.