भर्खरै : Sorry, your browser does not support inline SVG.
बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके भविष्य उज्ज्वल हुनेः सांसद सुवाल | युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) अष्ट्रेलियाको राज्य सरकारद्वारा सम्मानित हुँने पहिलो नेपाली बने | कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा | अर्को सूचना नभएसम्म थप बन्धकहरूलाई मुक्त नगर्ने हमासको निर्णय, इजरायलको हमासलाई चेतावनी | गण्डकी सरकारको उक्तम कार्य, क्यान्सर उपचारमा सहायता कार्यक्रमबाट सात सय ३३ जनाला भान्वित | नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगिलाई पठायो लाइन काट्न पत्र | ग्यास लुकाएर अभाव देखाए ग्यास जफत गर्ने सरकारको चेतावनी | १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमती |

सबै कम्युनिष्ट पार्टीहरु एकतावद्ध हुनुपर्छः वामदेव गौतम

सबै कम्युनिष्ट पार्टीहरु एकतावद्ध हुनुपर्छः वामदेव गौतम image

काठमाडौैंं । नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गर्नुपर्ने बताएका छन्। पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मुलुकलाई शक्तिशाली कम्युनिष्ट पार्टी चाहिएकाले त्यसका लागि सबै कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गर्नुपर्ने प्रश्ताव आफूले राख्नु परेको उनको भनाइ थियो। पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतका कम्युनिष्ट पार्टीका नेताहरु सहभागी रहेको सो कार्यक्रममा संयोजक गौतमले कम्युनिष्ट पार्टीहरु फुट्दै जाने कुरामा समाजवाद निर्माण गर्न नसकिने भएकाले पनि सबै कम्युनिष्ट पार्टीहरु एकताबद्ध भएर अघि बढनुको विकल्प नरहेको बताए।

उनले केही कम्युनिष्ट पार्टीहरुबीच केही भिन्नता भए बसेर हल गर्न सकिने उल्लेख गर्दै समाजवाद निर्माण गर्ने लक्ष्य प्राप्तका लागि पनि सबै कम्युनिष्ट पार्टीहरुबीच एकता भएर अघि बढ्नुको विकल्प नरहेको बताए।

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda