भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चोरी गरेर भाग्दै गरेको अवस्थामा एक युवक पक्राउ

चोरी गरेर भाग्दै गरेको अवस्थामा एक युवक पक्राउ

काठमाडौं । चोरी गरेर भाग्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाही छन् । उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–५ कालोपुल डेरा गरी बस्ने सुनसरीको गढी गाउँपालिका घर भएका ५६ वर्षीय भुपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका गरगहना उनले चोरी गरेको आरोप छ । सुनका विभिन्न गरगहना र नगद गरी १० लाख ७६ हजार ६ सय १० रुपैयाँ बराबरको धनमाल चोरी गरी भाग्दै गरेका उनलाई प्रहरीले गहनासहित पक्राउ परेको हो ।

 

 


Thali Mobile Pvt.Ltd.