भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

गोरखा पहिरो अपडेटः घाइतेको हेलिकप्टरबाट उद्धार

गोरखा पहिरो अपडेटः घाइतेको हेलिकप्टरबाट उद्धार

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका ५ रेसेफाँटको पहिरोमा परि घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कैलाश एयरको हेलिकप्टरमार्फत उनीहरुलाई उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।

पहिरोमा परि सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय छमबहादुर गुरुङ घाइते भएका थिए । उनीहरुमध्ये दिलिपको अवस्था गम्भीर रहेको बताइएको छ । पहिरोमा परि बेपत्ता भएकाहरुको भने खोजी कार्य भइरहेको डीएसपी श्रेष्ठले बताए ।

आइतवार बिहान पहिरोमा परी एकै परिवारका तीन जनासहित पाँच जना बेपत्ता छन् । बेपत्ता हुनेमा जीतबहादुर गुरुङ, उनकी श्रीमती बर्ष ३५ की कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ बर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.