भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

जुवातास खेलेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ

जुवातास खेलेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ

काठमाडौं । जुवातास खेलेको आरोपमा ९ जना पक्राउ परेका छन् । सोमबार साँझ ९ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई काठमाडौंको चुनदेबीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बूढानीलकण्ठ नगरपालिका ५ बस्ने २१ वर्षीय करिब देउला, सिन्धुपाल्चोकका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भएका ३८ वर्षीय नारायण लाबुङ, काठमाडौं बसन्तपुरका २१ वर्षीय निलेश महर्जन, काठमाडौंकै ४५ वर्षीय राजेश श्रेष्ठ, बुढानिकण्ठकी ३३ वर्षीया सरिता देउला, काठमाडौं डल्लुका ४८ वर्षीय दीपक महर्जन, काठमाडौं कालिमाटीका ४८ वर्षीय विवेक महर्जन र काठमाडौं डल्लुकै ५२ वर्षीय प्रकाश शाही छन् ।

उनीहरुबाट १० लाख ११ हजार रुपैयाँ बरामद भएको छ । जुवा खेल्न प्रयोग भएको १३ वटा ओखर पनि बरामद गरिएको छ । काठमाडौं महानगरपालिका ४ चुनदेवीस्थित यमकुमारी आलेको घरमा तासजुवा खेलेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

 


Thali Mobile Pvt.Ltd.