भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

विदेश पठाउने भन्दै दुई करोड ठगी,मेनपावर सञ्चालक पक्राउ

विदेश पठाउने भन्दै दुई करोड ठगी,मेनपावर सञ्चालक पक्राउ

काठमाडौं । विदेश पठाउने भनेर झण्डै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना मेनपावर सञ्चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धरास्थित ओम इन्टरन्याशनल प्रालिका सञ्चालक गुनेशकुमार ठाकुरलाई पक्राउ गरेको हो। सिराहाको करजन्हा नगरपालिका–६ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्ने ठाकुरलाई इमाडोलबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक एसपी काजीकुमार आचार्यले बताए।

ठाकुरले रविन्द्र सापकोटासँग साझेदारी गरेर ओम इन्टरन्याशनल प्रालि चलाइरहेका थिए। उनले यूएई, कतार, साउदी अरब, मलेशिया र कुवेत पठाउने भनेर युवाबाट रकम लिएको पाइएको एसपी आचार्यले बताए।

साउन २१ मा पक्राउ परेका उनलाई ठाकुरलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले बुधबार वैदेशिक रोजगार विभागलाई बुझाएको छ।

 

 


Thali Mobile Pvt.Ltd.