भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

भारतमा असुली धन्दामा संलग्न तीन नेपाली पक्राउ

भारतमा असुली धन्दामा संलग्न तीन नेपाली पक्राउ

काठमाडौं । असुली धन्दामा संलग्न तीन नेपालीसहित चारजनालाई भारतीय प्रहरीले आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको रानीगन्जमा बस्दै आएका २० वर्षीय निराजन तिरुब , २२ वर्षीय विशाल कुमार र सिन्धि कोलोनीमा बस्दै आएका २२ वर्षीय विक्रम बुढा छन् । पक्राउ पर्ने अर्का एक व्यक्ति भारतकै ३४ वर्षीय प्रेम राय हुन् ।

उनीहरूले आम्दानी कम भएपछि मोबाइल लुट्ने योजना बनाएको बताइएको छ । यही अगस्ट १० मा विशालको कोठामा बसेर योजना बनाई उनीहरू स्थानीय रासोलपुरा एक्स रोडमा मानिसहरुलाई धम्क्याएर मोबाइल लिएर भागेको प्रहरीले बताएको छ ।

उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी भारतीय न्याय संहिताअनुसार कारबाही अघि बढाएको छ । उनीहरूका साथबाट प्रहरीले ६ सेट मोबाइल फोन र स्कुटर बरामद गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.