भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विराटनगरमा ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगरमा ब्राउन सुगरसहित एक जना पक्राउ

काठमाडौं । विराटनगरमा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका ५ का २४ वर्षीय विवेक राई रहेका प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह पीटबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका १५ बाट लागुऔषध ब्राउन सुगरसहित राईलाई पक्रउ गरेको हो।

सोमवार दिउँसो १२ बजे पैदलयात्री राईलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट १ ग्राम ३८ मिलिग्राम ब्राउनसुगर बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।

 

 


Thali Mobile Pvt.Ltd.