भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

किसान आलुखेती तर्फ आकर्षित हुँदा थप ११ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार

किसान आलुखेती तर्फ आकर्षित हुँदा थप ११ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा आलुखेती थप ११ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । किसान आलुखेती तर्फ आकर्षित हुँदा यसवर्ष थप ११ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार भएको हो । जिल्लामा व्यावसायिक आलुखेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको तथ्याङ्कमा देखिएको छ ।

जिल्लाको कावासोती र मध्यविन्दु नगरपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ । किसान आलुखेती तर्फ आकर्षित हुँदा गत वर्षभन्दा यसवर्ष जिल्लामा
जिल्लामा यस वर्ष तीन हजार दुई सय १६ हेक्टर क्षेत्रफलमा आलुखेती भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी, हुप्सेकोट र बौदीकाली गाउँपालिका, कावासोती,मध्यविन्दु, देवचुली र गैँडाकोट नगरपालिकामा व्यावसायिक आलुखेती गर्ने गरिएको छ ।

गतवर्ष जिल्लामा ५८ हजार चार सय १३ मेट्रिक टन आलु उत्पादन भएको थियो । जिल्लामा बर्सेनि आलु उत्पादन हुने क्षेत्र र उत्पादन बढ्दै गएपछि आलुमा आत्मनिर्भर बनेको छ ।

 


Thali Mobile Pvt.Ltd.