भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

प्रधानमन्त्री कार्यालयले चाल्यो कदम, तीन दिनभित्र कर्मचारी व्यवस्थापन मिलाउन निर्देशन

प्रधानमन्त्री कार्यालयले चाल्यो कदम, तीन दिनभित्र कर्मचारी व्यवस्थापन मिलाउन निर्देशन

काठमाण्डौ । तीन दिनभित्र कर्मचारी व्यवस्थापन मिलाउन गृह र सङ्घीय मामिला मन्त्रालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ ।
राज्यको सुशासन र सेवा प्रवाहमा हेलचेक्र्याइँ भएको भन्दै तीन दिन भित्र कर्मचारी व्यवस्थापन गर्न प्रधानमन्त्री कार्यलयले निर्देशन दिएको हो ।

कर्मचारीलाई कामविहीन बनाएर सेवा प्रवाहमा हेलचेक्र्याइँ भएको उल्लेख गर्दै यसको व्यवस्थापन अनुगमन गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई समेत प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले पठाएको पत्रमा विगतका सचिव स्तरीय बैठकहरूमा कर्मचारी व्यवस्थापनसम्बन्धी गरिएका निर्णयहरूको कार्यान्वयनमा लापरबाही भएको उल्लेख छ ।

सरुवा गर्दा रिक्त पदको विवरण यकिन नगरी निर्णय गरिनु, विभागीय प्रमुखको पदस्थापनमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमति नलिइनु र तल्लो श्रेणीका कर्मचारीलाई उच्च पदका जिम्मेवारी तोक्ने प्रवृत्तिले कर्मचारी व्यवस्थापन प्रणाली कमजोर बनाएको छ ।

सरुवा भएका कर्मचारीलाई समयमा रमाना नदिइने र जिम्मेवारी नतोकिएकै कारण उनीहरू कामविहीन अवस्थामा बस्न बाध्य भएका भन्दै कार्यालयले यसबाट कर्मचारीहरूको मनोबलमा गिरावट ल्याउनुका साथै सेवा प्रवाहमा प्रत्यक्ष असर परेको पत्रमा उल्लेख गरेको छ ।

कर्मचारीहरूको सरुवा, काज र पदस्थापनलाई व्यवस्थित बनाउन नसक्दा सरकारी सेवा प्रवाहमा अवरोध सिर्जना भएको र सरकारी स्रोतसाधनको दुरुपयोग हुँदै आएको भन्दै प्रधानमन्त्री कार्यालयले यस्तो कदम चालेको जनाएको छ ।

कार्यालयले पठाएको पत्रमा तीन दिनभित्र कर्मचारीको जिम्मेवारी तोक्न, बाँकी कर्मचारीहरूको व्यवस्थापन गर्न र त्यसको जानकारी कार्यालयलाई उपलब्ध गराउन निर्देशन दिइएको छ । राष्ट्रिय सतर्कता केन्द्रलाई यस कार्यको प्रगति अनुगमन गरी चौथो दिनभित्र प्रतिवेदन पेश गर्न उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.