भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

वर्षाको सम्भावना रहेकाले आवश्यकता सतर्कता अपनाउन महाशाखाको अनुरोध

वर्षाको सम्भावना रहेकाले आवश्यकता सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाण्डौ । शुक्रबार देशका धेरै ठाउँको मौसम बदली भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक, दुई ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणालीका कारण बदली भएको हो ।

२४ घण्टामा कोशी, बाग्मती गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक,दुई ठाउँमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक,दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले आवश्यकता सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

यसैगरी राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.