भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

विक हत्या प्रकरणका अभियुक्त पुर्पक्षका लागि जेल चलान

विक हत्या प्रकरणका अभियुक्त पुर्पक्षका लागि जेल चलान

जनकपुरधाम । प्रहरीका सई थमन विक हत्या प्रकरणका फरार एक अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् । महोत्तरीको जलेश्वर नगरपालिका ६ का ५५ वर्षीय देवेन्द्र चौधरीलाई जलेश्वर कारागार चलान गरिएको हो । कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतको आदेशले उनलाई बिहीबार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

चौधरीलाई कार्तिक २ गते जलेश्वर नगरपालिका १ स्थित रामानन्द बिशेश्वर महेन्द्र क्याम्पस अगाडीबाट नियन्त्रणमा लिइ अदालतमा पेश गरिएको थियो । २५ भदौ २०७२ मा सई थमन विकको महोत्तरीमा हत्या भएको थियो । थमन विक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र मोहन कापरले भने गत वर्ष सफाइ पाएका थिए ।

घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो । असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले गत वर्ष मंसिर २८ गते लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो । पूर्वप्रदेश सांसद कौशलकुमार यादव सहित १९ जनाको मुद्दा मुल्तवीमा राखिएको थियो । कौशलकुमार यादव गत असारमा पक्राउ परेका थिए ।

 


Thali Mobile Pvt.Ltd.