भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

दक्षिण सुडानकाे झडपमा परि कम्तीमा १६ जनाको मृत्यु

दक्षिण सुडानकाे झडपमा परि कम्तीमा १६ जनाको मृत्यु

एजेन्सी । दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपीडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी-इन–अपोजिसन (एसपीएलए-आईओ) बीच झडप भएकाे छ ।  झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

नागेरो काउन्टीका कमिश्नर हेनरी बांगडा असायाले यस हिंसाले ७९ हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको र विस्थापितमध्ये धेरै झाडीमा लुकेकाे बताएका छन् । उनले भनेका छन्,  ‘बुधबार साँझ पनि लडाइँ जारी थियो । लडाइँ भएको ठाउँमा सेनाका भारी हतियारहरू गएको मैले देखेको छु । लडाई पश्चिमी बहर अल गजल राज्यको बाजियामा फैलिएको हाे ।’

यता एसएसपीडीएफका प्रवक्ता लुल रुई कोआङले कुब्री–बु ब्रिजमा रहेको अवैध चेकपोस्ट भत्काउन एसपिएलए–आईओ सेनाले अस्वीकार गरेपछि झडप शुरु भएको बताए । त्यसैगरी कउङका अनुसार, एसपीएलए–आईओ बलहरू मंगलबार साँझ एसएसपीडीएफ–नियन्त्रित क्षेत्रमा प्रवेश गरे र आक्रमण गरे, जसको परिणामस्वरूप एक सैनिकको मृत्यु भयो र तीनजना घाइते भएका हुन्।

 


Thali Mobile Pvt.Ltd.