भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दक्षिण सुडानकाे झडपमा परि कम्तीमा १६ जनाको मृत्यु

दक्षिण सुडानकाे झडपमा परि कम्तीमा १६ जनाको मृत्यु

एजेन्सी । दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपीडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी-इन–अपोजिसन (एसपीएलए-आईओ) बीच झडप भएकाे छ ।  झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

नागेरो काउन्टीका कमिश्नर हेनरी बांगडा असायाले यस हिंसाले ७९ हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको र विस्थापितमध्ये धेरै झाडीमा लुकेकाे बताएका छन् । उनले भनेका छन्,  ‘बुधबार साँझ पनि लडाइँ जारी थियो । लडाइँ भएको ठाउँमा सेनाका भारी हतियारहरू गएको मैले देखेको छु । लडाई पश्चिमी बहर अल गजल राज्यको बाजियामा फैलिएको हाे ।’

यता एसएसपीडीएफका प्रवक्ता लुल रुई कोआङले कुब्री–बु ब्रिजमा रहेको अवैध चेकपोस्ट भत्काउन एसपिएलए–आईओ सेनाले अस्वीकार गरेपछि झडप शुरु भएको बताए । त्यसैगरी कउङका अनुसार, एसपीएलए–आईओ बलहरू मंगलबार साँझ एसएसपीडीएफ–नियन्त्रित क्षेत्रमा प्रवेश गरे र आक्रमण गरे, जसको परिणामस्वरूप एक सैनिकको मृत्यु भयो र तीनजना घाइते भएका हुन्।

 


Thali Mobile Pvt.Ltd.