भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

लप्सीफेंदीमा प्रहरी र स्थानीयबासीबीच झडप

लप्सीफेंदीमा प्रहरी र स्थानीयबासीबीच झडप

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित लप्सीफेंदीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपपछि प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ ।

नेपाल विधुत प्राधिकरणकाे सवस्टेसन र टावर निर्माणका लागि बिहीबार पुगेको डोजरमाथि स्थानीयले ढुंगा प्रहार गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यहाँ पुगेको थियाे । निर्माणाधीन सवस्टेसन र टावरको काम रोक्न माग गर्दै आइरहेका स्थानीयले अवरोधको प्रयास गरेपछि दुई पक्षबीच तनाव सृजना भएको हो ।

घटनापछि १३ जनालाई प्रहरीले नियन्त्रण लिएको प्रहरीले जनाएको छ । यता स्थानीयहरुले प्रहरी गाउँमा आएर अबेररातिसम्म धरपकड गरेको आरोप लगाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले विभिन्न स्थानमा उत्पादन भएका बिजुली काठमाडौं ल्याउन शंखरापुर–३ मा ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागेको छ । बस्तीको बीचमा सवस्टेसन निर्माण गर्न खोजिएको भन्दै स्थानीयवासीहरुले रोक्ने प्रयास गर्दै आइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.