भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लप्सीफेंदीमा प्रहरी र स्थानीयबासीबीच झडप

लप्सीफेंदीमा प्रहरी र स्थानीयबासीबीच झडप

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित लप्सीफेंदीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपपछि प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ ।

नेपाल विधुत प्राधिकरणकाे सवस्टेसन र टावर निर्माणका लागि बिहीबार पुगेको डोजरमाथि स्थानीयले ढुंगा प्रहार गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यहाँ पुगेको थियाे । निर्माणाधीन सवस्टेसन र टावरको काम रोक्न माग गर्दै आइरहेका स्थानीयले अवरोधको प्रयास गरेपछि दुई पक्षबीच तनाव सृजना भएको हो ।

घटनापछि १३ जनालाई प्रहरीले नियन्त्रण लिएको प्रहरीले जनाएको छ । यता स्थानीयहरुले प्रहरी गाउँमा आएर अबेररातिसम्म धरपकड गरेको आरोप लगाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले विभिन्न स्थानमा उत्पादन भएका बिजुली काठमाडौं ल्याउन शंखरापुर–३ मा ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागेको छ । बस्तीको बीचमा सवस्टेसन निर्माण गर्न खोजिएको भन्दै स्थानीयवासीहरुले रोक्ने प्रयास गर्दै आइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.