भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

प्राकृतिक विपत्तीतर्फ ११ करोड १५ लाख रुपैयाँ बीमा भुक्तानी

प्राकृतिक विपत्तीतर्फ ११ करोड १५ लाख रुपैयाँ बीमा भुक्तानी

काठमाण्डौ, ४ पुस । अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्म ११ करोड १५ लाख रुपैयाँ बराबरको बीमा रकम भुक्तानी भएको छ।

बीमा प्राधिकरणका अनुसार गएको असोज १८ गतेयता परेको अविरल वर्षा तथा बाढीपहिरोबाट भएको क्षतिका सम्बन्धमा निर्जीवन बीमा कम्पनीहरूमा कूल ७ सय ९० वटा प्रारम्भिक बीमा दाबी दर्ता भएका छन्। ती दाबीको प्रारम्भिक रकम कूल चार अर्ब १८ करोड २६ लाख रुपैयाँ पुगेको छ।

प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीका अनुसार हालसम्म कूल ९६ वटा दाबीको मात्र भुक्तानी गरिएको छ। यो तथ्याङ्क १३ वटा निर्जीवन बीमा कम्पनी र दुई वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक विवरणका आधारमा तयार गरिएको हो।

सम्पत्ति बीमातर्फ कूल ४ सय १७ वटा प्रारम्भिक दाबी परेकोमा ३३ वटा दाबीको भुक्तानी भएको छ। सम्पत्ति बीमामा तीन अर्ब ५८ करोड ३२ लाख रुपैयाँ बराबरको दाबी परेकोमा हालसम्म नौ करोड ६४ लाख रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जनाएको छ।

इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १ सय ७ वटा दाबीमध्ये झन्डै ५१ करोड ५७ लाख रुपैयाँ दाबी रकम रहेको छ। यसमध्ये हालसम्म सात वटा दाबीको नौ लाख रुपैयाँ भुक्तानी गरिएको छ।

कृषि तथा बाली बीमातर्फ २ सय १० वटा दाबी परेको छ। झन्डै चार करोड १४ लाख रुपैयाँ बराबरको दाबीमध्ये ४२ वटा दाबीको १९ लाख रुपैयाँ भुक्तानी भएको छ।यस्तै, गाडी बीमा (निजी) तर्फ ४० वटा दाबीको झन्डै दुई करोड ८२ लाख रुपैयाँ दाबी रकममध्ये १२ वटा दाबीको एक करोड २० लाख रुपैयाँ भुक्तानी भएको छ।

सामुद्रिक बीमातर्फ चार वटा दाबी परेकोमा ११ लाख रुपैयाँ प्रारम्भिक दाबी रकममध्ये दुई वटा दाबीको तीन लाख रुपैयाँ भुक्तानी गरिएको बीमा प्राधिकरणले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.