भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

जफत रूसी सम्पत्ति युक्रेनलाई दिने प्रस्तावमा युरोपेली नेताहरूबीच मतभेद

जफत रूसी सम्पत्ति युक्रेनलाई दिने प्रस्तावमा युरोपेली नेताहरूबीच मतभेद

ब्रसेल्स, ४ पुस । ब्रसेल्समा जारी युरोपेली संघ (ईयू) का नेताहरूको शिखर सम्मेलनमा युक्रेनलाई सहयोग गर्न युरोपमा जफत गरिएको रूसी सम्पत्ति प्रयोग गर्ने प्रस्तावले गम्भीर मतभेद उत्पन्न गरेको छ।

प्रस्तावअनुसार युरोपमा जफत गरिएको करिब २ सय १० अर्ब युरो बराबरको रूसी केन्द्रीय बैंकको सम्पत्तिलाई आधार बनाएर युक्रेनलाई आगामी दुई वर्षका लागि ऋण उपलब्ध गराउने योजना छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सहयोग असफल भए रूस झनै आक्रामक बन्ने र युरोपमै नयाँ युद्धको जोखिम बढ्ने चेतावनी दिनुभएको अलजजिराले जनाएको छ। तर यो प्रस्तावमा ईयूभित्र पूर्ण सहमति देखिएको छैन।

विशेषगरी बेल्जियमले कानुनी र आर्थिक जोखिम देखाउँदै गहिरो चिन्ता व्यक्त गरेको छ। युरोपमा जफत गरिएका अधिकांश रूसी सम्पत्ति ब्रसेल्सस्थित ‘युरोक्लियर’ नामक वित्तीय संस्थामा रहेको हुँदा बेल्जियमको भूमिका निर्णायक मानिएको छ।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओरबानले पनि प्रस्तावको कडा विरोध गर्नुभएको छ। यद्यपि केही अन्य ईयू सदस्य राष्ट्रहरूले युक्रेनलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रस्तावलाई समर्थन जनाइसकेका छन्।

यस विषयमा रूसले कडा प्रतिक्रिया दिएको छ। रूसी केन्द्रीय बैंकले जफत गरिएका सम्पत्ति युक्रेनलाई सहयोग गर्न प्रयोग गरिए युरोपेली बैंकहरूमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

विश्लेषकहरूका अनुसार यस कदमले युरोपेली संघ र रूसबीचको आर्थिक द्वन्द्व अझ चर्किन सक्ने जोखिम बढाएको छ। साथै यसले ईयू–रूस सम्बन्धलाई दीर्घकालीन रूपमा प्रभावित पार्न सक्ने देखिन्छ।

 


Thali Mobile Pvt.Ltd.