भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

बाढीले ६ अर्बबढीको क्षति

बाढीले ६ अर्बबढीको क्षति

काठमाडौं । खेतको धान, पोखरीका माछा र बारीका तरकारी बाढीले बगाएपछि किसान चिन्तित बनेका छन् । १७ जिल्लाका किसानले गोठमा बाँधेका २६ हजारभन्दा बढी पशुपक्षीको मृत्यु भयो । फलफूलका बगैँचाध्वस्त भए ।

बाढीपहिरो र डुबानले कृषि क्षेत्रमा ६ अर्बभन्दा बढीको क्षति पुगेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रारम्भिक आकलन छ ।स्थानीय तह, प्रदेश, निर्देशनालयलगायत परिचालन गरी संकलन गरेको तथ्यांकमा खेतमा लगाएको बाली, गोठमा रहेका पशुपक्षी र पोखरीमा रहेका माछासमेत नष्ट भएको मन्त्रालयले जनाएको छ ।

खेतीयोग्य जमिनको कटान, कृषि पूर्वाधारमा क्षति, आपूर्ति शृंखलामा अवरोधलगायतका माध्यमबाट कृषि क्षेत्रले ठुलो नोक्सानी व्यहोरेको मन्त्रालयबाट संकलित तथ्यांकमा देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.