भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

देशभर बाढी र पहिरोले राजमार्ग ठप्प, पाँच ठाउँमा पूर्ण अवरोध

देशभर बाढी र पहिरोले राजमार्ग ठप्प, पाँच ठाउँमा पूर्ण अवरोध

काठमाडौँ, १७ साउन । लगातारको वर्षाले देशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शनिबार बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार ५ स्थानमा सडक पूर्ण रूपमा बन्द छन् भने ७ ठाउँमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ ।

सबैभन्दा बढी असर सङ्खुवासभा, रसुवा र रुकुम पश्चिमका सडकखण्डमा परेको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–८ मा रहेको कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । रसुवामा त झन् हालत झन् गम्भीर छ ।

गोसाईंकुण्ड गाउँपालिका–२ मा रहेको नेपाल–चीन सीमा पुल बन्द छ । पासाङल्हामु सडकको गोसाईंकुण्ड–२ र ३ मा पहिरोले सडक पुरिएको छ । उत्तरगया गाउँपालिका–५ मा पर्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु खण्ड पनि ठप्प छ ।

प्रहरीका अनुसार, प्रभावित क्षेत्रमा डोजर र सुरक्षाकर्मी परिचालन गरिएको छ तर लगातारको पानीले काम गर्न मुस्किल परेको जनाइएको छ । यात्रुहरूलाई सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरिएको छ ।

देशभर बाढी र पहिरोले राजमार्ग ठप्प, पाँच ठाउँमा पूर्ण अवरोध

 


Thali Mobile Pvt.Ltd.