भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ, १७ साउन । देशभर सक्रिय मनसुनको प्रभावसँगै मौसममा व्यापक बदली देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

महाशाखाले दिएको जानकारी अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहेको छ। यसको असरस्वरूप कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो गण्डकी, लुम्बिनी र अन्य पहाडी भूभागमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। राति पनि अधिकांश प्रदेशमा वर्षा जारी रहने संकेत देखिएको छ।

महाशाखाले ती क्षेत्रका बासिन्दालाई नदी तथा खोलाको सतह बढ्न सक्ने, पहिरोको सम्भावना रहने र सवारी–यातायातमा अवरोध आउन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

सावधानीका उपायहरू:

पहाडी र नदी आसपासका क्षेत्रका बासिन्दाले सतर्कता अपनाउनुपर्ने

सडक यात्रा गर्दा पहिरोको जोखिम मूल्यांकन गरी योजना बनाउने

कृषकहरूले बाली सुरक्षाको पूर्व तयारी गर्ने

स्थानीय प्रशासन र मौसम विभागबाट आउने सूचनालाई निरन्तर अनुसरण गर्ने

 


Thali Mobile Pvt.Ltd.