भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

गले मुख्यमन्त्री लामा, भोलिसम्म राजीनामा दिने तयारी

गले मुख्यमन्त्री लामा, भोलिसम्म राजीनामा दिने तयारी

काठमाडौँ, १६ साउन ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिने तयारी गरेका छन्। नेपाली कांग्रेसको प्रदेश संसदीय दलको नेतामा पराजित भएपनि लामो समयसम्म पदमा यथावत रहेका लामा अन्ततः सभापति शेरबहादुर देउवाको निर्देशनपछि पछि हट्न तयार भएका हुन्।

सभापति देउवाले बिहीबार लामा सामु व्यक्तिगत रूपमा स्पष्ट सन्देश दिँदै अब मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए। देउवासँगको भेट शुक्रबार बिहान १० बजेका लागि तय भएको थियो। देउवा निकट सांसद तीर्थ लामाका अनुसार, थप अन्तिम छलफलपछि शनिबार वा आइतबार बिहानभित्र राजीनामा दिने तयारी भइरहेको छ।

यसअघि कांग्रेसको आन्तरिक विवाद समाधानका लागि देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छुट्टै छलफल भएको थियो। स्रोतका अनुसार लामा अहिले सरकारमा आफ्नो समूहको सम्मानजनक सहभागिता सुनिश्चित गर्न पार्टी नेतृत्वसँग समन्वयमा छन्।

यदि लामा राजीनामा दिन तयार भए, कांग्रेसका इन्द्र बानियाँलाई नयाँ मुख्यमन्त्री बनाउने योजना अघि बढ्नेछ। बागमती प्रदेशको नेतृत्वमा फेरबदलको संकेतसँगै प्रदेशको राजनीतिक भविष्य नयाँ मोडमा प्रवेश गर्ने देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.