भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बैकाल गैरी चरा नारायणी नदीमा फेला प¥यो

बैकाल गैरी चरा नारायणी नदीमा फेला प¥यो

काठमाण्डौ । बैकाल गैरी चरा नारायणी नदीमा फेला परेको छ । विश्वमै अति दुर्लभ मानिएको चरा नारायणी नदीमा पक्षी गणनाका फेला परेको हो । हाँस प्रजातिको बैकाल गैरी चरा भेटिएपछि को हो ।

यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जनाइएको छ ।

प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयूसीएन)ले समेत खतरामा परेका प्रजातिको रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा पक्षी गणनाका क्रममा नदी क्षेत्रमा भेटिएको हो ।
गएको वर्षको पक्षी गणनामा ४३ प्रजातिका चरा भेटिएकामा यस पटक भने ४१ प्रजातिका चरा भेटिएका हुन् ।

नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातिका चरा पाइने गरेका छन् । तीमध्ये नारायणी नदी क्षेत्रमा यस वर्ष ४१ प्रजाति फेला परेको छ । पक्षी गणनाका क्रममा गएको वर्ष देखिएका आठ प्रजातिका चरा यस वर्ष नदेखिएको र गएको वर्ष नदेखिएको छ प्रजातिको चरा यस वर्ष देखिएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.