भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बैकाल गैरी चरा नारायणी नदीमा फेला प¥यो

बैकाल गैरी चरा नारायणी नदीमा फेला प¥यो

काठमाण्डौ । बैकाल गैरी चरा नारायणी नदीमा फेला परेको छ । विश्वमै अति दुर्लभ मानिएको चरा नारायणी नदीमा पक्षी गणनाका फेला परेको हो । हाँस प्रजातिको बैकाल गैरी चरा भेटिएपछि को हो ।

यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जनाइएको छ ।

प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयूसीएन)ले समेत खतरामा परेका प्रजातिको रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा पक्षी गणनाका क्रममा नदी क्षेत्रमा भेटिएको हो ।
गएको वर्षको पक्षी गणनामा ४३ प्रजातिका चरा भेटिएकामा यस पटक भने ४१ प्रजातिका चरा भेटिएका हुन् ।

नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातिका चरा पाइने गरेका छन् । तीमध्ये नारायणी नदी क्षेत्रमा यस वर्ष ४१ प्रजाति फेला परेको छ । पक्षी गणनाका क्रममा गएको वर्ष देखिएका आठ प्रजातिका चरा यस वर्ष नदेखिएको र गएको वर्ष नदेखिएको छ प्रजातिको चरा यस वर्ष देखिएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.