भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पानीको गुणस्तरीयतामा शङ्का नगर्न खानेपानी मन्त्रालयको आग्रह

पानीको गुणस्तरीयतामा शङ्का नगर्न खानेपानी मन्त्रालयको आग्रह

काठमाण्डौ । मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न खानेपानी मन्त्रालयले अपिल गरेको छ । गएको माघ १ गतेदेखि काठमाण्डौमा फेरि आउन थालेको मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम शुद्ध भएको पनि मन्त्रालयले जनाएको छ ।

पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरणको क्रममा केहीबेर पानी धमिलो आउनसक्ने भए पनि फेरि सफा र शुुद्ध पानी नै आउने मन्त्रालयले उल्लेख गरेको छ ।

मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सरकारले सहजीकरण समिति गठन गरेको छ । मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डौमा वितरण गर्ने सरकारको लक्ष्य छ । मन्त्रालयले मेलम्चीको पानी प्रशोधन गरेर शुुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको भन्दै पानीको गुणस्तरीयतामा शङ्का नगर्न आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.