भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल रेडक्रस सोसाइटी बालकोटको २४ औं उप–शाखा सभा भव्य रुपमा सम्पन्न (भिडियोसहित)

नेपाल रेडक्रस सोसाइटी बालकोटको २४ औं उप–शाखा सभा भव्य रुपमा सम्पन्न (भिडियोसहित)

भक्तपुर । जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने नाराकासाथ नेपाल रेडक्रस सोसाइटी बालकोट उप–शाखाको २४ औं उप–शाखा सभा भव्य रुपमा सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. २ स्थित आफ्नै सुविधासम्पन्न भवनमा सभा सम्पन्न गरेको हो । सभाको प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा २ का वडाअध्यक्ष प्रदिप कार्कीले रेडक्रस बालकोट शाखाले विपदमा गरेको उच्च कार्यको प्रसंसा गरे ।

आगामी दिनमा पनि शाखाले विपदमा हुनसक्ने जोखिमलाई मध्यनर गरी हरदम तयारी अवस्थामा रहन अनुरोध गरे । संस्थाको आर्थिक वर्ष २०८०, ०८१ को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदनका साथै आर्थिक वर्ष ०८१, ०८२ को लागि प्रस्तावित कार्यक्रम तथा बजेट पारित गरेको छ । सभामा कोषाध्यक्ष बालमुकुन्द उपाध्यायले वार्षिक वित्तिय प्रतिवेदन प्रस्तुत गरे ।

१८ लाख ३० हजारबढी सस्थाको कुल आम्दानी बताए । यस्तै सचिव उमेश सिलवालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उप शाखाले आ.व. ०८०, ०८१ मा गरेका विभिन्न गतिविधिहरु प्रस्तुत गर्दै शाखामा कुल सदस्य ४२९ रहेको उनले जानकारी दिए । भने स्वागत मन्तव्य उप सचिव जयराज पौडेलले गरेका थिए । सभालाई सम्बोधन गर्दै रेडक्रस बालकोट उप शाखा सभापति दिवाकर सिलवालले रेडक्रसको यो सभाले मानवता र सेवाको पक्षमा मात्रै रेडक्रसकर्मीहरु उभिएको सन्देश दिन सफल भएको बताए ।

२०७८ श्रावणदेखि २०८२ अषाढ मसान्त सम्मको रणनैतिक कार्ययोजना पूर्णरुपमा कार्यन्वयनमा आएको उनले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधानअनुसार प्रजातान्त्रिक विधिबाट संस्थाको छलफल, वहस र वार्षिक कार्यक्रम तय गर्न विविध विषयमा छलफल गरेको थियो । सभामा विभिन्न व्यक्तित्वहरुको उच्च मुल्याङ्कन गर्दै मायाको चिनो प्रदान गरिएको कार्यक्रमको सहजीकरण सुरेश श्रेष्ठले गरेका थिए ।

गत असोज १२ गते आएको बाढीमा रेडक्रस बालकोट उप शाखाले महत्वपूर्ण कार्य गरेको यस सभाले पनि उच्च मुल्याङ्कन गरेको भन्दै कार्यक्रम भव्य र सभ्यरुपमा सम्पन्न भएको शाखाका सल्लाहकार चन्द्रकृष्ण श्रेष्ठले बताए । सभामा विभिन्न व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.