सात करोड ८७ लाख ठगी आरोपमा काठमाडौंका पूर्व वडाअध्यक्ष पक्राउ

सात करोड ८७ लाख ठगी आरोपमा काठमाडौंका पूर्व वडाअध्यक्ष पक्राउ image

काठमाडौं । सात करोड ८७ लाख रुपैयाँ ठगी आरोपमा काठमाडौं महानगरपालिका वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष मोहन बहादुर विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरको टोलीले शंखपार्कबाट पक्राउ गरेको हो । तारकेश्वर–८ का राजेन्द्र कोइरालाको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । काठमाडौंको धर्मस्थलीस्थित जग्गा बिक्रिका लागि भनेर बिष्टसहितका व्यक्तिले पाँच करोड बैना दिएकोमा पछि पास गर्न भनेर थप एक २ करोड ८७ लाख दिएका थिए ।

तर, जग्गा विवादित भएको खुलेपछि कोइरालाले रकम फिर्ता मागेका हुन् । फिर्ता नदिएपछि उनले प्रहरीमा उजुरी दर्ता गरे । पटक–पटक उनीहरुबिच छलफल गराएपनि सहमति नभएपछि ठगीसम्बन्धि जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढेको हो । सो मुद्दामा सुलोचना कँडेल, शान्ति पाठक र रबिन बिष्ट फरार छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बिष्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए ।

बिष्ट २०७४ को निर्वाचनमा एमालेबाट निर्वाचित भएकोमा २०७९ मा भएको निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उठेका थिए । वडाअध्यक्ष हुँदा पनि उनी सार्वजनिक जग्गा मिचेकोदेखि सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको विवादमा परेका थिए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • कुटपिटबाट एकजनाको मृत्यु image

    कुटपिटबाट एकजनाको मृत्यु

    झापा । झापाको कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको छ । दमकस्थित इलाका प्रहरी कार्यालयकाअनुसार सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद...

  • धनुषा प्रहरीद्वारा नक्कली ‘डिएसपी’ पक्राउ image

    धनुषा प्रहरीद्वारा नक्कली ‘डिएसपी’ पक्राउ

    जनकपुर । धनुषा प्रहरीले आफ्नै डिएसपीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको ‘डिएसपी (प्रहरी नायब उपरीक्षक) हुँ’ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो । आफू डिएसपी भएको...

  • १५ लाख चोरी गरेरे भागेका दुईजना कास्की प्रहरीको फन्दामा image

    १५ लाख चोरी गरेरे भागेका दुईजना कास्की प्रहरीको फन्दामा

    पर्वत । जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ। पार्टी प्यालेसबाट झण्डै १५ लाख रुपैयाँ चोरी गरेका दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । गत...

  • डस्टबिनभित्र सालनाल सहितको मृत शिशु image

    डस्टबिनभित्र सालनाल सहितको मृत शिशु

    प्यूठान । सरुमारानी गाउँपालिका २ दर्भानमा नवजात शिशुको शव फेला परेको छ । बिहिवार स्थानीय तकमान कुमालको घर अगाडि रहेको डस्टबिन भित्र सालनाल समेत नकाटिएको अवस्थामा शिशुको शव फेला...


hotelghyampedanda