भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सात करोड ८७ लाख ठगी आरोपमा काठमाडौंका पूर्व वडाअध्यक्ष पक्राउ

सात करोड ८७ लाख ठगी आरोपमा काठमाडौंका पूर्व वडाअध्यक्ष पक्राउ

काठमाडौं । सात करोड ८७ लाख रुपैयाँ ठगी आरोपमा काठमाडौं महानगरपालिका वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष मोहन बहादुर विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरको टोलीले शंखपार्कबाट पक्राउ गरेको हो । तारकेश्वर–८ का राजेन्द्र कोइरालाको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । काठमाडौंको धर्मस्थलीस्थित जग्गा बिक्रिका लागि भनेर बिष्टसहितका व्यक्तिले पाँच करोड बैना दिएकोमा पछि पास गर्न भनेर थप एक २ करोड ८७ लाख दिएका थिए ।

तर, जग्गा विवादित भएको खुलेपछि कोइरालाले रकम फिर्ता मागेका हुन् । फिर्ता नदिएपछि उनले प्रहरीमा उजुरी दर्ता गरे । पटक–पटक उनीहरुबिच छलफल गराएपनि सहमति नभएपछि ठगीसम्बन्धि जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढेको हो । सो मुद्दामा सुलोचना कँडेल, शान्ति पाठक र रबिन बिष्ट फरार छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बिष्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए ।

बिष्ट २०७४ को निर्वाचनमा एमालेबाट निर्वाचित भएकोमा २०७९ मा भएको निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उठेका थिए । वडाअध्यक्ष हुँदा पनि उनी सार्वजनिक जग्गा मिचेकोदेखि सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको विवादमा परेका थिए ।

 


Thali Mobile Pvt.Ltd.