भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

बञ्चरेडाँडाको निगरानी अब सीसीटीभीबाट

बञ्चरेडाँडाको निगरानी अब सीसीटीभीबाट

काठमाडौं । उपत्यकाको फोहरमैला व्यवस्थापन सेनेटरी ल्यान्डफिल साइटको निगरानी अब सीसीटीभीबाट हुने भएको छ । फोहोर व्यवस्थापन हुने गरेको ल्यान्डफिल साइट नुवाकोट र धादिङ जिल्लाको सीमाना बञ्चरेडाँडामा रहेको छ । त्यसको निगरानी काठमाडौं प्लाजाबाट सुरु भएको छ ।

संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सीसीटीभी क्यामरा जडान गरिएको हो । साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको छ ।

क्यामराबाट प्राप्त दृश्य महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको कार्य कक्ष रवातावरण व्यवस्थापन विभागबाट निगरानी हुने महानगरले जनाएको छ । साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा वुथ देखिने गरी क्यामरा राखिएका छन् ।

९ वटा क्यामराका दृश्यबाट साइटको निगरानी हुने वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले बताइन् । पछिल्लो समय जडान गरिएका क्यामरा अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन (एएनपीआर) क्यामरा हुन् ।

यसबाट भिडियोको आवाज पनि सुन्न सकिने र डिजिटल मात्र नभइ, हातैले लेखेका नम्बर प्लेट पनि पढ्न सकिने तथा रेकर्ड राख्न सकिने भएको सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले बताए ।

 


Thali Mobile Pvt.Ltd.