भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुरको स्थानीय स्काउट आयुक्त पदमा बनमाला मानोनित

भक्तपुरको स्थानीय स्काउट आयुक्त पदमा बनमाला मानोनित

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख एवं स्थानीय स्काउट संरक्षक सुनिल प्रजापतिले नेपाल स्काउट नियमावली, २०७७ को नियम २१ को उपनियम (क) बमोजिम बालकृष्ण बनमालालाई स्काउटको स्थानीय आयुक्त पदमा मनोनयन गर्नुभएको छ ।

नेपाल स्काउटको आयुक्तको रुपमा मनोनयन भएका बनमालालाई भनपा सभाकक्षमा मनोनयन पत्र हस्तान्तरण बिहीबार गर्नु भएको हो । सो अवसरमा राष्ट्रिय प्रशिक्षकहरु रामगोपाल कर्माचार्य र भक्त राजभण्डारी तथा राष्ट्रिय परिषद् सदस्य एर्व पूर्व स्थानीय आयुक्त कृष्णसुन्दर प्रजापतिको उपस्थिति रहेको थियो ।

मिति २०८० माघ २६ गते सम्पन्न निर्वाचनबाट स्थानीय स्काउट परिषदमा विजयी हुनु भएका पदाधिकारीहरुलाई भनपा सभाकक्षमा माघ २९ गतेनै ११ जना निर्वाचित सदस्यहरुलाई बधाई एवं शुभकामना कार्यक्रम सम्पन्न गरेको थियो । स्काउट नियमावलीमा निर्वाचित भएको सात दिनभित्र संरक्षकले स्थानीय आयुक्त मनोनयन गर्ने व्यवस्था रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.