भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गठबन्धन सरकारमा राष्ट्रिय हित, जनसरोकार र सुशासनको सम्बन्धमा गम्भिर विचलन देखापर्‍योः महासचिव पोखरेल

गठबन्धन सरकारमा राष्ट्रिय हित, जनसरोकार र सुशासनको सम्बन्धमा गम्भिर विचलन देखापर्‍योः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालले प्रचार तथा प्रकाशन विभागमा तीन जनालाई मनोनित गर्ने निर्णय गरेको छ। नेकपा(एमालेको प्रचार तथा प्रकाश विभागमा बिहीबार केन्द्रिय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले तीन सदस्यलाई मनोनित गरेको हो ।

बैठकले आगामी फागुन ८, ९ र १० गते बस्ने केन्द्रिय कमिटीको बैठकका लागि तर्जुमा गर्ने एजेण्डाको सम्बन्धमा पनि छलफल गरेको छ । केन्द्रीय कमिटी बैठकमा वर्तमान राजनीतिक अवस्थाको समिक्षा, सांगठनिक प्रतिवेदन र संगठन सुदृढिकरण सम्बन्धी विशेष कार्ययोजना राख्ने तय भएको छ ।

पार्टीलाई अझ व्यवस्थित बनाउने ढाँचाको सम्बन्धमा छलफल गर्ने कुरालाई पनि एजेण्डा बनाइने जनाइएको छ । बैठकले काठमाडौंका मणिराज बाँस्तोला, सिन्धुपाल्चोकका माधव नेपाल र खोटाङका इन्द्र आचार्यलाई पार्टीको प्रचार तथा प्रकाश विभागको सदस्यमा मनोनित गरेको छ ।

बैठकमा मध्यपहाडी क्षेत्रको समग्र विकासका लागि दृष्टिकोण तय गर्ने, पार्टीमा प्रवेश गर्नेहरु र अधिवेशनबाट बिदा भएकाहरुको व्यवसथपन गर्ने र पार्टीको केन्द्रिय कार्यालय भवन बनाउन पार्टी सदस्यहरुबाट न्युनतम सय रुपैयाँ उठाउने प्रश्ताव पनि केन्द्रिय कमिटी बैठकमा एजेण्डाको रुपमा प्रश्तुत गरिने महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

उहाँले गठबन्धन सरकार राष्ट्रिय हित, जनसरोकार र सुशासनको सम्बन्धमा गम्भिर विचलन देखापरेको भन्दै सरकारलाई दबाब दिने र जनपरिचालन गर्ने विषय पनि केन्द्रिय कमिटी बैठकको एजेण्डा बन्ने उहाँले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.