भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

५ प्रदेशमा वर्षा, कोशी–महाकालीसहितका नदीमा बाढीको जोखिम

५ प्रदेशमा वर्षा, कोशी–महाकालीसहितका नदीमा बाढीको जोखिम

काठमाडौँ, १७ भाद्र । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित भएकाले देशका विभिन्न भागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली छ।

कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।मंगलबार बिहानको मापनअनुसार नारायणी, बागमती, कर्णाली र तिनका सहायक नदीहरू सतर्कता तहभन्दा तल रहेका छन्। तर कोशी, महाकाली र तिनका सहायक नदीहरूको बहाव सतर्कता आसपास पुगेको छ।

आज कञ्चनपुर र आसपासका जिल्लामा स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिम रहने देखिएको छ। यस्तै दोलखा, सिन्धुपाल्चोक, रामेछाप, हुम्ला, बझाङ, बाजुरा, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा र कैलालीका स–साना नदीहरूमा मध्यमदेखि उच्च स्तरको आकस्मिक बाढीको सम्भावना रहेको छ।

त्यस्तै इलाम, झापा, मोरङ, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं उपत्यका, गोरखा, लमजुङ, तनहुँ, डोल्पा, मुगु, बर्दिया लगायतका जिल्लामा पनि केही स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहन सक्ने पूर्वानुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.