भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

महाकाली नदीको कटानले कञ्चनपुरको कुतियाकवर बस्ती जोखिममा

महाकाली नदीको कटानले कञ्चनपुरको कुतियाकवर बस्ती जोखिममा

काठमाण्डौ, १७ भाद्र ।  महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० को कुतियाकवर बस्ती जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो ।

स्थानीयबासिन्दाका अनुसार नदीको कटानले त्यहाँ दुई बिघाभन्दा बढी जमिन नदीले बगाएको छ । महाकाली र जोगबुढा नदी बस्ती पस्न थालेपछि एक सय ५० परिवार मध्ये एक सय परिवार विस्थापित भएका छन् । त्यस्तै सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामेखोलामा अस्ति राति आएको बाढीले पाँच घर पूर्ण रुपमा बगाएको छ ।

छ वटा घरमा आंशिक क्षति पुर्‍याएको छ । अविरल वर्षाका कारण बस्तीतर्फ मोडिएको बाढीले थामेको बिजुलीको पोलमा क्षति भई विद्युत् प्रसारण र सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाले विज्ञप्ति निकालेर जनाएको छ । यस्तै पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सप्तकोसी नदीका ३८ ढोका खोलिएको छ ।

पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो । यसैबीच लगातार भइरहेको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आकश्मिक अवस्थाबाहेक यात्रामा नगर्न र जोखिम भएका स्थानमा नबस्न जिल्लावासीलाई आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.