भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

बस्ती संरक्षणका लागि तटबन्धन

बस्ती संरक्षणका लागि तटबन्धन

ढोरपाटन । बागलुङको गलकोटमा बस्ती संरक्षणका लागि दरमखोला र गौदीखोलामा तटबन्धन गर्न थालिएको छ। बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायतका बस्ती जोखिममा पर्ने हुँदा तटबन्धन गर्न थालिएको हो।

जलस्रोत तथा सिँचाइ विकास विभागबाट विनियोजित रू ५० लाखको लगानीमा तटबन्धन गर्न थालिएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए। नदी कटान रोक्नका लागि चालु आर्थिक वर्षमा गलकोट नगरपालिका-१, ३, ६ र ११ का बस्ती संरक्षण गर्न थालिएको उनले बताए।

हिउँदमा पानीको बहाव कम हुँदा जोखिम नभए पनि बर्खामा खोला बढेर बस्तीमा पस्ने समस्या भएपछि तटबन्धन गर्न थालिएको हो। गलकोट नगरको बजार क्षेत्र नदी किनारमा रहेको हुँदा कटान हुने जोखिम रहेको भण्डारीले बताए।

‘गलकोट क्षेत्रमा धेरै खोलानाला छन्, यी खोलाहरूले बर्खामा बस्तीनै जोखिममा पार्ने गरेका छन्, नगरपालिका, प्रदेश र केन्द्र सरकारको सहकार्यमा कटान रोक्नका लागि तटबन्धन गर्दै आएका छौँ’, उनले भने, ‘यो वर्ष पनि पचास लाखको लगानीमा तटबन्धनको काम धमाधम भइरहेको छ, तटबन्धनले बस्ती संरक्षण हुनेछ।’

अहिले गलकोट नगरपालिका–३ मा ३५ मिटर, वडा नम्बर ४ मा २७ मिटर, ६ मा ५६ मिटर, ११ मा ४४ मिटर तटबन्धन निर्माण भइरहेको तटबन्धन निर्माण समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए। रासस

 


Thali Mobile Pvt.Ltd.