भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र र नेपाल पुलिस क्लबको भिडन्त आज

वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र र नेपाल पुलिस क्लबको भिडन्त आज

काठमाडौं । दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधिका लागि आज मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच कडा प्रतिस्पर्धा हुने भएको छ। यो खेल वीरगञ्जको आर्दशनगर रंगशालामा आज दिउँसो ३ बजे शुरु हुनेछ।

मच्छिन्द्र क्लबले क्वार्टरफाइनलमा चर्च ब्वाइज युनियनलाई २-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। त्यस्तै, सेमिफाइनलमा सहलेश फुटबल क्लब सिराहालाई ३-१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

नेपाल पुलिस क्लबले पनि आफ्नो यात्रा सहज बनायो। क्वार्टरफाइनलमा बागमती युथ क्लब सर्लाहीलाई २-१ गोलअन्तरले पराजित गरेपछि, सेमिफाइनलमा आयोजक वीरगञ्ज युनाइटेड क्लबलाई टाईब्रेकरमा हराउँदै फाइनलमा स्थान सुनिश्चित गरेको हो।

यस प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार दिइनेछ। प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने छ।

त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही २० हजार रुपैयाँ नगद पुरस्कार दिइने छ।

 


Thali Mobile Pvt.Ltd.