भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

भक्तपुरमा एसईई सफल विद्यार्थीहरूलाई नगरप्रमुख प्रजापतिको बधाई

भक्तपुरमा एसईई सफल विद्यार्थीहरूलाई नगरप्रमुख प्रजापतिको बधाई

भक्तपुर, १७ असार । भक्तपुर नगरपालिका वडा नं. २ स्थित बासु माध्यमिक विद्यालयमा २०८१ सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापति प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

नगरप्रमुख प्रजापतिले एसईईमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई बधाई दिँदै सफलताको खुसी मनाउनु सकारात्मक भए पनि यो यात्रा केवल पहिलो खुड्किलो मात्रै भएको स्मरण गराउनुभयो। “अब नयाँ विषय छनोट गर्नु पहिले चिन्तन, मनन र आत्ममूल्याङ्कन जरुरी छ,” उहाँले भन्नुभयो।

उहाँले विद्यार्थीलाई क्षणिक लोभ, तनाव वा साथीसँगको तुलना नगरी सेवा भावनाले अध्ययन गर्न सुझाव दिनुभयो। भविष्यमा योग्य वकिल वा न्यायाधीश बन्ने आकांक्षा भएका विद्यार्थीहरूलाई कक्षा ११ बाटै कानुन विषय रोज्न आग्रह गर्दै प्रजापतिले विदेश सम्बन्धनका नाममा सञ्चालित धेरै कलेजहरूलाई “म्यानपावर कम्पनीजस्तै” भएको टिप्पणी गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बासुकलाले विद्यालय व्यवस्थापन सुधारका विषयमा निरन्तर छलफल भइरहेको जनाउँदै शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्यले सफलता सम्भव भएको बताए। प्रधानाध्यापक रविलाल प्रधानले शिक्षक र विद्यार्थीको मेहनतको प्रशंसा गर्दै विद्यार्थीको राम्रो नतिजामा सबैको सामूहिक योगदान रहेको बताए।

कार्यक्रममा अंग्रेजी विषयमा शत-प्रतिशत नतिजा ल्याउने शिक्षकहरूलाई विशेष सम्मान गरिएको थियो। त्यसैगरी, सहायक प्रअ राजकुमार ह्यौंमिखा, शिक्षक पुनेन्द्रप्रसाद कुसी, र उत्कृष्ट विद्यार्थी विविशा बिष्ट तथा निराजन बुढाले पनि आ–आफ्ना अनुभव र भनाइहरू राखेका थिए।

 


Thali Mobile Pvt.Ltd.