भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बौडेश्वर मन्दिर परिसर निर्माण गरिने

बौडेश्वर मन्दिर परिसर निर्माण गरिने

काठमाडौँ । धार्मिक, ऐतिहासिक एवं पुरातात्त्विक महत्वको काठमाडौँको झोरस्थित बौडेश्वर महादेव मन्दिर परिसर निर्माणका लागि तारकेश्वर र टोखा नगरपालिकाले लगानी गर्ने भएका छन् । ती दुई नगरपालिकाले संयुक्त रूपमा रु एक करोड ९९ लाख ९६ हजार आठ सय ४४ सहयोग गर्ने भएका छन् ।

धार्मिक पर्यटनमार्फत तारकेश्वर र टोखा नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ दुई नगरपालिकाको सिमानामा रहेको बौडेश्वर महादेव मन्दिर परिसर निर्माणका लागि लगानी गर्न लागेका हुन् । उक्त मन्दिर परिसरलाई संयुक्तरुपमा निर्माण गर्नका लागि आइतबार दुई नगरपालिकाबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा तारकेश्वर नगरप्रमुख कृष्णहरि महर्जन र टोखा नगर प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गरे ।

दुवै नगरपालिकाबाट एक–एक करोडको लगानीबाट मन्दिर परिसरमा पार्टी, मन्दिरसम्म आउने बाटोमा सिँढी निर्माण तथा पञ्चमीको दिन नुहाउनको लागि स्नान कुण्डलगायतका भौतिक संरचना निर्माण गरिनेछ । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले दुई नगरपालिकाबिच एकीकृतरुपमा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ बौडेश्वर मन्दिर परिसरमा आवश्यक संरचना निर्माण गर्न लागिएको जानकारी दिए ।

झोरस्थित श्रीकृष्ण बौडेश्वर मन्दिरमा वैकुण्ठ चतुर्दशी अवसर मेला लाग्ने गरेको छ । पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रको रूपमा विकास भएको उक्त मन्दिरमा हरेक वर्षको कात्तिक शुक्ल चतुर्दशीका दिन श्रद्धालुले पारिवारिक सुख एवं सन्तान प्राप्तिको लागि दीपदान गर्ने गर्छन् ।

बौडेश्वर मन्दिर परिसरमा झरनासमेत रहेकाले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक त्यस क्षेत्रमा जाने गरेका छन् । कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, तारकेश्वर तथा टोखाका विभिन्न वडाका जनप्रतिनिधि एवं कर्मचारीको सहभागिता रहेको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.