भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महानगर प्रमुख बालेन साहको आक्रोशः तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्नु

महानगर प्रमुख बालेन साहको आक्रोशः तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्नु

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आक्रोश व्यक्त गरेका छन्। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको पौने तीन वर्ष बित्दा धरहरा (सेतो टावर) को निर्माण अझै पूरा नभएको भन्दै आक्रोश व्यक्त गरेका हुन ।

उनले तोकिएको समयमा काम सम्पन्न नगर्ने र भित्तामा नाम लेख्न हतारोमा निर्णय भई उद्घाटन गर्ने प्रवृत्तिलाई भ्रष्टाचारको नयाँ प्रकृति मान्ने राष्ट्रिय नीति बनाउनुपर्ने उनले बताएका छन्। सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुरामा ठट्टा नगर्न उनले आग्रह गरेका छन्।

धरहरा क्षेत्रमा रहेको पार्किङ केही दिनअघि महानगरले खुला गरेलगत्तै संघीय सरकारले पत्र लेखेर बन्द गराउनु भनेपछि बालेन झन आक्रोशित बनेका हुन्। ‘आजभन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उदघाटन भयो। ​राणाकालीन अवस्थामा भएको भए केपि ओली टावर भन्थे’, उनले लेखेका छन्, ‘तर केहि दिनअगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ( धरहरा निर्माण हुँदैछ। पार्किङ बन्द गर्नू।’

उनले उद्घाटन गरेको २ वर्ष ९ महिना पछि पनि बनाएर नसकी महानगरलाई लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो भनी प्रश्न गरेका छन्। ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ‘ भनेर प्रतिप्रश्न गर्ने तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्र लेख्न उनले सुझाएका छन्। ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ भनेर निर्लज्ज प्रतिप्रश्न गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्नु उपयुक्त हुन्छ’, उनले लेखेका छन्।

 

 

 


Thali Mobile Pvt.Ltd.