भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाँचथरको हेवा खोलामा बेलिब्रिज खस्दा तीन मजदुरको मृत्यु

पाँचथरको हेवा खोलामा बेलिब्रिज खस्दा तीन मजदुरको मृत्यु

फिदिम, १ असार । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बारा सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन्।

गम्भीर घाइते भएका उनीहरूलाई पाँचथर अस्पतालबाट विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुग्नेबित्तिकै चिकित्सकले तिनै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

बाँकी तीन जना घाइते मजदुरको विराटनगरमा नै उपचार भइरहेको छ। २०८१ साल असोज १२ गते आएको बाढीले यहाँको पुरानो बेलिब्रिज बगाएपछि पुनः जडानको काम भइरहेको थियो।

जडान कार्यका क्रममा बेलिब्रिज अचानक भत्किँदा ६ जना मजदुर घाइते भएका थिए। दुर्घटना भएको हेवा खोला फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमानामा पर्छ ।

 


Thali Mobile Pvt.Ltd.