भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चट्याङ लागेर २४ घण्टामा १८ जना घाइते, रोल्पामा सबैभन्दा बढी

चट्याङ लागेर २४ घण्टामा १८ जना घाइते, रोल्पामा सबैभन्दा बढी

काठमाडौं, १ असार । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा चट्याङ लागेर १८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रोल्पा, मकवानपुर, स्याङ्जा, प्यूठान, अर्घाखाँची, दाङ, सल्यान र सङ्खुवासभामा चट्याङका घटना भएका हुन्।

रोल्पामा मात्रै आठ जना घाइते भएका छन्, जसमा बालकल्याण माविको प्राङ्गणमा चट्याङ पर्दा छ जना बालबालिका र त्रिवेणी गाउँपालिकाको डाफ्लामा दुई जना घाइते भएका हुन्। अन्य विवरणअनुसार: मकवानपुरको राक्सिराङमा २ जना, प्यूठानको ऐरावतीमा २ जना, दाङको घोराही उपमहानगरमा २ जना, स्याङ्जा, अर्घाखाँची, सल्यान र सङ्खुवासभामा १/१ जना रहेका छन्र । 

यसबाहेक, लेक लागेर रसुवामा १ जना र आगलागीका कारण रुपन्देहीमा २ जना घाइते भएका छन्। प्राधिकरणका अनुसार  पछिल्लो २४ घण्टामा देशभर ३० वटा विभिन्न विपद्का घटना रेकर्ड गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.