भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

चट्याङ लागेर २४ घण्टामा १८ जना घाइते, रोल्पामा सबैभन्दा बढी

चट्याङ लागेर २४ घण्टामा १८ जना घाइते, रोल्पामा सबैभन्दा बढी

काठमाडौं, १ असार । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा चट्याङ लागेर १८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रोल्पा, मकवानपुर, स्याङ्जा, प्यूठान, अर्घाखाँची, दाङ, सल्यान र सङ्खुवासभामा चट्याङका घटना भएका हुन्।

रोल्पामा मात्रै आठ जना घाइते भएका छन्, जसमा बालकल्याण माविको प्राङ्गणमा चट्याङ पर्दा छ जना बालबालिका र त्रिवेणी गाउँपालिकाको डाफ्लामा दुई जना घाइते भएका हुन्। अन्य विवरणअनुसार: मकवानपुरको राक्सिराङमा २ जना, प्यूठानको ऐरावतीमा २ जना, दाङको घोराही उपमहानगरमा २ जना, स्याङ्जा, अर्घाखाँची, सल्यान र सङ्खुवासभामा १/१ जना रहेका छन्र । 

यसबाहेक, लेक लागेर रसुवामा १ जना र आगलागीका कारण रुपन्देहीमा २ जना घाइते भएका छन्। प्राधिकरणका अनुसार  पछिल्लो २४ घण्टामा देशभर ३० वटा विभिन्न विपद्का घटना रेकर्ड गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.