भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध

पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध

काठमाडौं । पहिरोका कारण पश्चिम म्याग्दीको बेनी–दरबाङ सडक बन्द भएको छ । बेनी नगरपालिका–४ तातोपानी र मंगला गाउँपालिका–२ सिमलचौरको सिमानामा पर्ने घुमाउनेभीरमा सडकभन्दा माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेनी–दरबाङ सडकमा वर्षासँगै पहिरो खसेपछि शनिवार रातिदेखि नै सडक बन्द भएको हो । घुमाउनेभीरको सडकमा ढुङ्गा, माटो र गेगरसहितको पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

पहिरोले सडक अवरुद्ध भएपछि बेनीबाट दरबाङका लागि छुटेका गाडी तातोपानीको मसार तथा दरबाङबाट बेनीका लागि छुटेका गाडी सिमलचौर क्षेत्रमा रोकिएका छन् । सडक बन्द भएपछि यात्रु तथा सर्वसाधारणलाई यात्रा गर्न जोखिम हुनुका साथै सिमलचौर–पखेर भएर घुमाउरो बाटोमा यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।