भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

एक किलोभन्दा धेरै कोकिनसहित एक विदेशी नागरिक पक्राउ

एक किलोभन्दा धेरै कोकिनसहित एक विदेशी नागरिक पक्राउ

काठमाडौं । एक किलोभन्दा धेरै कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोले अफ्रिकी देश इभोरी कोस्टका नागरिक भामारा कोनलाई एक किलो ८८ ग्राम कोकिनसहित पक्राउ गरेको हो ।

इभोरी कोस्टका नागरिक कोनलाई काठमाण्डौ महानगरपालिका वडा नम्बर २६ ठमेल ज्याठामा रहेको एक होटलबाट पक्राउ गरेको ब्युरोले जनाएको छ । उनी कतार एअरवेजको उडानबाट भदौ ३ गते नेपाल आइपुगेका थिए ।

शङ्का लागेपछि पिछा गरेको प्रहरीले ठमेलको एक होटलबाट उनलाई पक्राउ गरेको हो । भारत लैजान लागेको कोकिन उनले काठमाण्डौमा अर्कै व्यक्तिलाई बुझाउने तयारीमा थिए । अर्कै व्यक्तिलाई दिन एउटा खेलौनाभित्र राख्दै गर्दा कोकिन फेला परेको प्रहरीले जनाएको छ ।अबैध बजारमा यसको मूल्य तीन करोड ८० लाख रुपैयाँ बराबर हुन्छ ।

प्रहरीले कोकिन लिन आउने व्यक्तिलाई पनि पक्राउ गर्न उनलाई सार्वजनिक नगरेकोमा आजसम्म पनि नआएपछि सार्वजनिक गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.