भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘बेनिघाटैमा’ बोलको नयाँ गीत सार्वजनिक, दर्शकको मन जित्दै

‘बेनिघाटैमा’ बोलको नयाँ गीत सार्वजनिक, दर्शकको मन जित्दै

काठमाडौँ, १९ जेठ । ‘बेनिघाटैमा’ बोलको नयाँ नेपाली नृत्यमूलक गीत सार्वजनिक भएको छ । गायक धनराज चुनारा र गायिका मञ्जु लावतीको सशक्त स्वरले सजिएको यो गीतले सार्वजनिक भएलगत्तै दर्शक र श्रोताबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।

गीतमा सुप्रिमराज बिश्वकर्माको शब्द र संगीत रहेको छ भने ध्वनि सम्पादन कुमार सानु पुनले गरेका छन्। शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतमा सागर पुनको रेकर्डिङ तथा अशिम चन्द्र बिश्वकर्माको सम्पादन र भिजुअल कलरिंग रहेको छ ।

भिडियोमा सुरेश कोहली र निशु शिरपालीको आकर्षक अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी कमल भक्तले गरेका छन्। छायांकन सुनिल भण्डारी र उनको टिमले गरेका हुन् भने मेकअप तथा ड्रोन सञ्चालनमा कविन खड्काको साथ रहेको छ।

गायक धनराज चुनाराका पछिल्ला गीतहरू लगातार बजारमा आइरहेका छन् र प्रायः सबैले दर्शक-श्रोताको मन जित्न सफल भएका छन्। ‘बेनिघाटैमा’ पनि त्यही श्रृंखलाको अर्को सफल प्रयास हो, जसले नेपाली संगीत क्षेत्रमा थप ऊर्जा भर्ने अपेक्षा गरिएको छ। गीत युट्युब तथा अन्य डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ।

 


Thali Mobile Pvt.Ltd.