भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘बेनिघाटैमा’ बोलको नयाँ गीत सार्वजनिक, दर्शकको मन जित्दै

‘बेनिघाटैमा’ बोलको नयाँ गीत सार्वजनिक, दर्शकको मन जित्दै image

काठमाडौँ, १९ जेठ । ‘बेनिघाटैमा’ बोलको नयाँ नेपाली नृत्यमूलक गीत सार्वजनिक भएको छ । गायक धनराज चुनारा र गायिका मञ्जु लावतीको सशक्त स्वरले सजिएको यो गीतले सार्वजनिक भएलगत्तै दर्शक र श्रोताबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।

गीतमा सुप्रिमराज बिश्वकर्माको शब्द र संगीत रहेको छ भने ध्वनि सम्पादन कुमार सानु पुनले गरेका छन्। शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतमा सागर पुनको रेकर्डिङ तथा अशिम चन्द्र बिश्वकर्माको सम्पादन र भिजुअल कलरिंग रहेको छ ।

भिडियोमा सुरेश कोहली र निशु शिरपालीको आकर्षक अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी कमल भक्तले गरेका छन्। छायांकन सुनिल भण्डारी र उनको टिमले गरेका हुन् भने मेकअप तथा ड्रोन सञ्चालनमा कविन खड्काको साथ रहेको छ।

गायक धनराज चुनाराका पछिल्ला गीतहरू लगातार बजारमा आइरहेका छन् र प्रायः सबैले दर्शक-श्रोताको मन जित्न सफल भएका छन्। ‘बेनिघाटैमा’ पनि त्यही श्रृंखलाको अर्को सफल प्रयास हो, जसले नेपाली संगीत क्षेत्रमा थप ऊर्जा भर्ने अपेक्षा गरिएको छ। गीत युट्युब तथा अन्य डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.