भर्खरै : Sorry, your browser does not support inline SVG.
३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले |

भदौ २३ को घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ: गगन थापा

भदौ २३ को घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ: गगन थापा

काठमाण्डौ, ७ पुष । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ गते घटेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताउनुभएको छ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त घटना अकल्पनीय र नेपालको इतिहासकै दुःखद् घटना भएको उल्लेख गर्नुभयो।

महामन्त्री थापाले भदौ २३ गते भएको घटनामा धेरै युवाहरूले ज्यान गुमाउनुपरेको भन्दै त्यसलाई ‘कालो दिन’को संज्ञा दिनुभयो। “त्यो घटना नभइदिएको भए हुन्थ्यो भन्ने लागिरहन्छ,” उहाँले भन्नुभयो, “नेपालको इतिहासमा त्यो अत्यन्त दुःखद् र पीडादायी घटना हो।”

उहाँले उक्त घटनापछि सडकमा देखिएको आक्रोश स्वाभाविक भएको उल्लेख गर्दै त्यसको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने स्पष्ट धारणा राख्नुभयो। सार्वजनिक पदमा बसेका व्यक्तिहरूले राजनीतिक तथा नैतिक जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिँदै उहाँले नैतिक जिम्मेवारी लिनुले कसैलाई सानो नबनाउने बताउनुभयो।

“सार्वजनिक ओहोदामा बसेको मान्छेको मोरालिटी ठूलो कुरा हो, राजनीतिक मोरालिटी झनै ठूलो कुरा हो,” महामन्त्री थापाले भन्नुभयो, “म यसको जिम्मा लिन्छु भनेर जिम्मेवारी लिनु कमजोरी होइन, बरु त्यो साहस हो।  ठूलो पदमा जो छ, उसले अझ बढी जिम्मेवारी लिनुपर्छ।”

महामन्त्री थापाले घटनाको छानबिन हुनु आवश्यक भए पनि त्यसले सरकारको जिम्मेवारीबाट उन्मुक्ति नदिने स्पष्ट पार्नुभयो। “घटना कसरी भयो भन्ने विषय छानबिन हुँदै जाला, तर यसको नैतिक जिम्मेवारी सरकारमा बस्ने साथीहरूले लिनुपर्छ,” उहाँले भन्नुभयो, “म पदमा भएको भए म आफैँ जिम्मेवारी लिँथेँ। अहिले जो पदमा छन्, प्रधानमन्त्रीले समेत यसको जिम्मेवारी लिनुपर्छ।”

उहाँले भदौ २३ गतेकै साँझ गृहमन्त्रीलाई राजीनामा दिन लगाइएको सन्दर्भसमेत स्मरण गर्नुभयो। महामन्त्री थापाका अनुसार सरकारले तत्काल जिम्मेवारी वहन नगरेकै कारण जनआक्रोश झनै चुलिएको थियो।

महामन्त्री थापाले गत भदौ २३ र २४ गते जेन–जी (Gen-Z) युवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको सन्दर्भ उल्लेख गर्दै युवाहरूको आवाजलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले लोकतन्त्रमा युवाहरूको सहभागिता र असन्तुष्टिको सम्बोधन नगरे अवस्था झन जटिल बन्न सक्ने चेतावनी पनि दिनुभयो।

 


Thali Mobile Pvt.Ltd.